काठमाण्डौ । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्।
आइतबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका यादव सभामुखमा निर्वाचित भएका हुन्।
उपसभामुख बबिता राउत इशरले सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै उहाँ निर्वाचित भएको घोषणा गरिन्।
यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले पेश गरेका थिए।
नवनिर्वाचित सभामुख यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।

