भक्तपुर: बालकुमारी बचत तथा ॠण सहकारी संस्था लिमिटेडको २२ औं स्थापना दिवसको शुभ-अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै छ ।
संस्थाले उक्त कार्यक्रम आगामी असोज २ गते शनिवार बिहान ७ बजेदेखी १२ बजेसम्म आयोजना गर्ने बताएको छ ।
यस्तै,उक्त रक्तदान कार्यक्रम मध्यपुर थिमिको शंखधर चौकमा आयोजना गर्ने जनाइएको छ ।
उक्त कार्यक्रममा संस्थाका सम्पुर्ण शेयर सदस्य तथा शुभेच्छुकहरुलाई सहभागिताको लागी आमन्त्रण गरिएको छ ।
यसैगरी उक्त कार्यक्रममा रक्तदान गर्ने महानुभावहरुलाई संस्थाको तर्फवाट कार्यक्रम स्थलमै आकर्षक टि-सर्ट तथा प्रमाण-पत्र उपलब्ध गराईने समेत जानकारी दिइएको छ ।
