काठमाडौँ: काठमाडौँ उपत्यकामा फोटोग्राफी क्षेत्रमा आवद्ध व्यवसायीहरुको छाता संगठन काठमाडौँ फोटोग्राफर संघको तेह्रौँ साधारण सभा तथा सातौँ महाधिवेशन यही २०७८ सालभाद्र २६ गते शनिवार ,नयाँबानेश्वर स्थित अर्पण बैंक्वेटमा सम्पन्न भयो।
उक्तकार्यक्रमको सभापतित्व यस संघका अध्यक्ष श्री मोतिबहादुर बोगटिले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी मञ्जु कुमार श्रेष्ठले पानसमा दीप प्रज्जवलन गरि उद्धघाटन गर्नुभयो ।
यस कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्षहरु लगायत फोटोग्राफी व्यवसाय र फोटोग्राफीसँग सम्बिन्धित व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो।
उक्तकार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य फोटोग्राफर तथा महिला फोटो ग्राफरलाई सम्मान गरियो।
यस कार्यक्रममा काठमाडौँ, ललितपुर तथा भक्तपुरमा फोटो ग्राफी व्यवसाय सञ्चालन गर्ने फोटोग्राफरहरुको उल्लेखनिय सहभागिता रहेको थियो। निर्वाचन मण्डलको भुमिकामा वरिष्ठ फोटोग्राफर तथा काठमाडौँ फोटोग्राफर संघका सल्लाहकार रत्नमानआसु, राजभाई सुवालतथावरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेतले निर्वाह गर्नुभएको थियो।
निर्वाचन प्रकृयामा पनि फोटोग्राफरहरुको उल्लेखनिय सहभागिता रहेको थियो।
संघको नयाँ कार्यसमितिमा निर्विरोध रुपमा हरि प्रसाद घिमिरे सचिव, झक्कु रोक्का कोषाध्यक्ष तथा राधिका काफ्ले महिला सदस्यमा निर्वाचित हुनुभयो भने अन्यपदहरुको लागी मतदान भएको थियो।
निर्वाचन पश्चात अध्यक्षमा डिगम्बर राजवंशी, उपाध्यक्षमा भोला काफ्ले र स-सचिवमा रेशमराज पण्डित विजयी हुनुभयो।
यस्तै सदस्यहरुमा आनन्द प्रभाकर घिमिरे, किशोर रिजाल (क्यामेरा बाबा) किरण श्रेष्ठ, सानुकाजी मर्हजन, नन्दु श्रेष्ठ, खड्ग बहादुर राजवंशी, रुपेश थापा, तारा बहादुर न्यौपाने, अमृत श्रेष्ठ, शुशिल ज्ञवाली तथा हरि ज्ञवाली विजयी हुनु भएको छ।
