पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्।
आइतबार थपिएका संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका छन्।
थप १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ।

