आइतबार बसेको प्रतिनिधिसभाको दुईवटा बैठकमा दुबै बैठक एमाले सांसदहरुले अवरोध गरेका छन् । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । संसदमा अवरोध भएपछि संसद भदै २९ गतेसम्मका लागि स्थगित भएको छ ।
आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

