जनकपुरधाम — मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत बडहरी पुलमाथि मंगलबार भएको विस्फोटमा दुई बालबालिका घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइते दुवैको अवस्था सामान्य रहेको छ।
उनीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगी उपचार शुरु गरिएको नेपाल प्रहरीले बताएको छ।
विस्फोट भएको बस्तु के थियो भन्ने अझै खुलेको छैन। घटनास्थल सुरक्षित गरी अनुसन्धान थालिएको र शंकास्पद वस्तुबारे प्राविधिक टोलीमार्फत परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि केही समय राजमार्ग क्षेत्रमा त्रास फैलिएको छ । चुनाव लक्षित गरि बिस्फोट गराईएको आशंकासहित सुरक्षा सतर्कता बढाइएको छ ।

