अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मान, श्रीमतीलाई सम्मान गरिएको छ । अघिल्लो पटकको पनि म सम्झन चाहन्छु । एउटाको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रीलाई सम्मान, असंविधान दिवसका अवसरमा सरकारले बाँडेको पदकप्रति विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्।
संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बाबुलाई दिइएको पदकप्रति विरोध जनाएका हुन्।
संविधान दिवसको अवसरमा सरकारले दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री र नेपालका पिता मंगलप्रसाद उपाध्यायलाई मरणाेप्रान्त सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण दिने निर्णय गरेको छ।
त्यसप्रति आपत्ति जनाउँदै ओलीले सत्ता गठबन्धनका नेताहरु आफ्नो र परिवारको स्वार्थमा मात्र सीमित भएको आरोप लगाए। उनले भने, ‘आज बाउको मुख हेर्ने दिन हो, श्रीमतीको अनुहार हेर्ने दिन हो? सहिद, सहिदको परिवार सम्झनुपर्दैन? बाहिर बाहिर हामीलाई केही चाहिँदैन, पद चाहिँदैन भन्ने आज हेर त ।’
ओलीले आफ्नाविरुद्ध फैसला गर्ने न्यायाधीश, बहस गर्ने वकिल र लेख्ने पत्रकारलाई समेत सरकारले योजनाबद्ध रुपमा पदक दिएको उल्लेख गरे।
