वरिष्ठ नेता माधवकुमार नेपालसँग जोडिएका केही युवाले कलम चिह्न लिएर नयाँ पार्टी दर्ता गरेका छन् । एमालेको अन्तर्विरोध चर्किएर पार्टी फुटको दिशामा अगाडि बढिरहेका वेला नेपालसँग जोडिएका केही युवाले निर्वाचन आयोगमा एक महिना अगावै नयाँ पार्टी दर्ता गरेको खुलासा भएको हो ।
गत ७ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम हुने गरी निर्वाचन आयोगमा दर्ता भएको प्रस्तावित पार्टी अध्यक्ष जीवन राईले बताए ।

