सभामुख अग्नि प्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका छन्।
मंगलबार संसद भवन बानेश्वरमा सभामुखहरु भेला भएर प्रधानमन्त्रीको कदममाथि छलफल गरेका हुन्। बैठकमा रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा उपस्थित छन्। त्यस्तै, तारानाथ रानाभाट, दमननाथ ढुंगाना पनि बैठकमा सहभागी हुनेछन्। रानाभाट र ढुंगाना जुममार्फत जोडिने बताइएको छ।
बैठकमा सुवास नेम्वाङ भने सहभागी छैनन्।

