अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ ।
१३ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न र एचडियु जडान गर्न अर्थ मन्त्रालयले रकम सहित सहमति दिएको हो ।
अक्सिजन प्लान्ट स्थापनाका लागि रकम प्राप्त गर्ने अस्पतालहरुमा भक्तपुर क्यान्सर अस्पताल २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख र बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रहेका छन् । डोटी अस्ताललाई ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्यविनायक अस्पतालका लागि ७५ लाख र मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलिटर, अक्सिजन प्लान्टका लागि २ अर्ब ९५ करोड २० लाख सहमति दिएको थियो ।

