– नन्दलाल खरेल
ब्युरोक्रेसी नोकरशाहीलाई प्रभावमा पारी
राजनीतिक नेतृत्वको आर्शीवाद लिई
कमिसन र भागवण्डामा सामेल गराई
अरिङ्गालको गोलालाई प्रयोग गराई
गर्छु म ठूलै भ्रष्टाचार ।
सेटीङ्मा सदैब काम मिलाई
विचौलीया र तस्करलाई खुशी बनाई
ठूलो परियोजनाको आयु लम्ब्याई
कम गुणस्तरको सामान प्रयोग गराई
गर्छु म ठूलै भ्रष्टाचार ।
सिंहदरवारदेखि स्थानीय निकायलाई प्रभाव पारि
चुनावताका ठूलो भुडी भएकोलाई सहयोग पु¥याई
पुलिस प्रशासन र कर्मचारीसँग हात मिलाई
बेरुजु रकमलाई हरेक वर्ष बढाई
गर्छु म ठूलै भ्रष्टाचार ।
बजारमा कृतिम अभाव गराई
खाद्य वस्तुलाई अखाद्य बनाई
एक्सपायर मितिलाई नया प्रिन्ट गराई
अख्तियार लेखा समितिलाई प्रभावमा पारिई
गर्छु म ठूलै भ्रष्टाचार ।
असारे भेलमा मोटो रकम खन्याई
विकासको कागजी घोडा बनाई
खर्च नगरी झ्वाम पारि
लेखा परिक्षकलाई रक्सी र मासुको स्वाद दिलाई
गर्छु म ठूलै भ्रष्टाचार ।
दलाल पुँजीवादको सधैं गुनगान गराई
विदेशी शक्तिलाई मैदान खुल्ला बनाई
संवैधानिक निकायमा आफ्नैलाई भर्ना गराई
यताको उता उताको यता पु¥याई
गर्छु म ठूलै भ्रष्टाचार ।
कलेज र अस्पताललाई लाईसेन्स दिलाई
नक्कली जग्गा खडा गरी बैंक डुवाई
आफ्नै मान्छेलाई ठेक्का दिलाई
प्राकृतिक स्रोत साधन विदेशीलाई सुम्पिई
गर्छु म ठूलै भ्रष्टाचार ।
ठूला परियोजना मन्त्रिपरिषदबाट निर्णय गराई
संरचनागत भ्रष्टाचारलाई बढाई गराई
सांसद र मन्त्रिहरुलाई ताली हान्न लगाई
उनीहरुलाई पनि अलिअलि लालिपप चटाई
गर्छु म ठूलै भ्रष्टाचार ।
कोष र ट्रष्टको जग्गा कौडीमा बेचाई
अकुत सम्पत्ति स्वीस बैंकमा जम्मा गराई
समृद्ध र सुशासनको लेप लगाई
वौद्धिक जमातलाई डर र लोभ देखाई
गर्छु म ठूलै भ्रष्टाचार ।


1 Comment
समसामयिक राजनीतिको अवस्थाको चित्रण सर