पछिल्लो २४ घण्टामा थप १२ हजार दुई सय ४२ जनामा कोरोना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ जना पुगेको छ।
काठमाडौं उपत्यकाभित्र ८ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ९७,भक्तपुरमा एक सय ८ र ललितपुरभित्र एक सय ५५ जना रहेका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ ।
यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।

