नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर १८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।

