काठमाडौँ — हाल देशभर मनसुनी वायु र स्थानीय वायुले मौसममा प्रभाव पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप आज शुक्रबार देशभर आकाश सामान्यतया बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही भूभागहरूमा र मधेश प्रदेशसहित अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, लुम्बिनीको तराई र कर्णाली तथा बागमती प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
रातिको मौसम कस्तो हुने ?
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना कायम छ।
मौसमविद्हarूले पहाडी तथा तराई क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएका छन्। आकस्मिक वर्षाले जनजीवन र यातायात प्रभावित पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ।