काठमाण्डौ । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त रावतको अध्यक्षतामा र पार्टी केन्द्रीय सदस्य कमिटीका इन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा कमिटीको कार्यालय बागबजारमा बैठक सम्पन्न भएको छ। बैठकले कमिटि मातहतका मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुमुम पश्चिमका जिल्ला सम्पर्क मञ्च र पालिका सम्पर्क मञ्चलाई कार्तिक मसान्तसम्म भेला बैठक सम्पन्न गर्न निर्देशन दिएको छ ।
बैठकमा अध्यक्षा रावतले पार्टीको मंसिर ६ गतेको बृहत जनप्रदर्शनको तयारीमा लाग्न निर्देशन् दिए । पार्टी केन्द्रीय सदस्य कल्पना थापाले पार्टीको आउँदो ११औं महाधिवेशनमा केन्द्रित हुन, भव्यतापूर्वक सम्पन्न गर्न तयारीमा लाग्न अपील गरिन् ।

थापाले भनिन्- हालको अवस्थामा सरकारले न शान्ति सुरक्षा दिन सक्छ न निर्वाचनको लागि वातावरण बनाउन सक्छ। त्यसैले निर्वाचन हुने कुरामा शंका छ।’

