काठमाडौँ — व्यवसायिक भिसा लिएर नेपाल आएका चार जना चिनियाँ नागरिक सोह्रखुट्टेमा अवैध रूपमा ‘म्यारिज ब्यूरो’ सञ्चालन गरेको आरोपमा पक्राउ परेका छन्। सोह्रखुट्टेस्थित मिलीजुली चोकबाट उनीहरूलाई प्रक्राउ गरिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पक्राउ परेकामध्ये एक महिला र तीन पुरुष छन्। तीमध्ये केही व्यक्तिले लामो समयदेखि फरक–फरक भिसामा नेपाल आउजाउ गरिरहेको पनि खुलेको छ।
विभागका अधिकारीहरूले गरिब तथा विपन्न समुदायका युवतीलाई चिनी नागरिकसँग विवाह गराइदिने लोभ देखाएर बृतm म्यारिज ब्यूरो सञ्चालन गरिएको आशंकामा छानबिन सुरु भएको बताए। अनुसन्धानका क्रममा केही नेपाली महिलालाई विवाहका नाममा चीनसम्म पठाइसकेको प्रारम्भिक तथ्य फेला परेको विभागले जनाएको छ।
विवाह दलालीसम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

