काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत दुई सहसचिव सचिवमा पदोन्नति भएका छन्। आयोगका सहसचिव पुष्कर सापकोटा र राजेन्द्रकुमार पौडेललाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सापकोटा कानुनतर्फका सचिवमा बढुवा भएका छन् भने प्रशासनतर्फको सचिवमा पौडेल बढुवा भएका हुन्।
सापकोटाको पदस्थापन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको छ।
नव नियुक्त सचिव पौडेललाई भने कोशी प्रदेशको प्रमुख सचिवमा पठाउने तयारी सरकारले गरेको बताइएको छ।

