काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन्।
चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रहरीका अनुसार इभेन्टको नाममा क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई प्रविधिको प्रयोगमार्फत ठूला हार–जित गराउने गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्ति तथा नेटवर्कबारे पनि छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।

