काठमाण्डौ — इरानले आफूविरुद्ध आक्रमण गर्न अमेरिकी सैन्य अड्डा प्रयोग गर्न नदिन खाडी क्षेत्रका देशहरूलाई कडा चेतावनी दिएको छ।
इरानी शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले साउदी अरब, कतार, यूएई, बहराइन र कुवेतसँग यस्तो अनुरोध गरेका छन्।
इजरायल र अमेरिकाको आक्रमणपछि इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको र त्यसपछि इरानले निकै आक्रामक रणनीति अपनाएको जनाइएको छ। लारीजानिको चेतावनी अनुसार, यदि ती देशहरूले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अखडा आक्रमणका लागि प्रयोग गरे, ती देशहरूलाई तत्काल शत्रु ठहर गर्दै आक्रमण गर्ने संकेत गरेको छ ।
यसै क्रममा इरानले साउदी अरब, कतार, यूएई, बहराइन र कुवेतमा आक्रमण गरेको जनाइएको छ। विशेषगरी कुवेतमा भएको क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको र पाँच जना घाइते भएको समाचार प्राप्त भएको छ।
मध्यपूर्वमा तनाव तीव्र बनेको यो घटनाले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय कूटनीतिमा गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ।

