काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने भनिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको दाबी गर्नुभएको छ ।
आज बस्ने भनिएको बैठक १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन विपरीत रहेको रावलको आरोप छ ।

आजको बैठक गुटबन्दीको नमुना भएको भन्दै यसका निर्णय अमान्य हुने रावलको जिकिर छ ।
रावलले अन्तर पार्टी निर्देशन झापामा लागू हुने तर सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न पनि गर्नुभएको छ ।

