काठमाडौं / नेपालमा थप ७,९१४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १९३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
विगत २४ घण्टामा ७,६६४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार अपराह्ण बताए।
डा. गौतमका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाण्डूमा १,७६१ गरी कुल २,८२१ जना कोभिड पुष्टि भएको हो।
मन्त्रालयले सार्वजनिक गरिएको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन विधिबाट ९३१ वटा तथा पीसीआर विधिबाट झन्डै १९,००० वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्
सो अवधिमा पीसीआर विधिबाट कोभिड पुष्टि हुनेको सङ्ख्या ७,५९८ छ।

