काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थपिएको छ ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ। तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ।
सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।
१२ दिन अगाडि थपेको निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिँदैछ। शुक्रबार १ बजेदेखि थप एक साता अर्थात् जेठ २० गते राति १२ वजेसम्म निषेधाज्ञा थपिएको हो। खनिषेधाज्ञाको उल्लंघन गर्नेहरूका लागि जरीवाना तिराउनेदेखि कैद सजायसम्म गर्ने प्रशासनले चेतावनी दिएको छ।
