नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् । कोरोना भाइरसका कारण अधिकांश गतिविधि अनलाइन तथा भर्चूअल माध्यमबाट हुन थालेपछि डेटा प्रयोगकर्ताको संङ्ख्या ह्वातै बढ्न थालेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार नेपालका मोबाइल सेवा प्रदायक तथा इन्टरनेट सेवाप्रदायकले यो सङ्ख्यामा इन्टरनेट प्रयोगकर्ता पुर्याएका हन् ।
पछिल्लो समय चौथो पुस्ताको फोरजी र फाइबर टु दी होम(एफटीटीएच) सेवामा सेवाप्रदायकको बढी आकर्षण रहेको छ । तथ्याङ्क अनुसार हाल नेपालमा दुई करोड ६३ लाख ५६ हजार जनसङ्ख्यामा ब्रोडव्यान्ड इन्टरनेटको पहुँच पुगेको छ ।

