काठमाडौँ / नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको छ।
केन्द्रमा सुदूरपश्चिम सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेपछि बुधबार बिहान एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको थियो।
सोही बैठकले तत्काललाई सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको सासंद पूर्णा जोशीले बताइन् ।
उनले समर्थन फिर्ता लिए पनि तुरुन्तै नयाँ सरकार गठन गर्न कठिन हुने भएपछि यस्तो निर्णय गरेको बताइन्।
सासंद जोशीका अनुसार बैठकले कोरोना महामारीसँग जुझ्न सरकारलाई सघाउने निर्णय पनि गरेको छ।
बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए। सभामुखबाहेक अरु तीन जना सांसद बैठकमा उपस्थित थिएनन्।
धनगढीभन्दा बाहिर रहेकोले बैठकमा ओली पक्षका रतन थापा, गेल्बु सिह बोहरा र लीलाधर भट्ट सहभागी भएका थिएनन्।

