७ जेठ, काठमाडौं । नेपाल पूर्वी जिल्ला मोरङमा आगामी जेठ २४ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले एक सूचना जारी गर्दै निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय भएको बताएका हुन् ।
कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको थप गरिएको उनले बताए । यस अघि प्रशासनले सोमबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
