संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश आनन्दमोहन भट्टराई र दीपक कार्कीले प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ गर्ने इजलासमा नबस्ने निर्णय गरेका छन्।
इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले प्रश्न उठे पनि इजलासमा कायम रहने निर्णय गरेपछि अरू दुई न्यायाधीशले इजलास छोड्ने निर्णय गरेका हुन्।
दुई न्यायाधीशले इजलास छोडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अर्को इजलास गठन गर्ने भएका छन्।
अर्को इजालस जेठ २३ गते गठन हुने उनले मंगलबारको इजलासमा जानकारी दिए।
तर संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने अलग हुन अस्वीकार गरेका छन् । केही वकिलहरूले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिएका हुन् ।

