काठमाडौं / संसद् विघटनविरुद्धका रिटमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्धी विवाद भएपछि नयाँ इजलास गठन गरी २३ गतेका लागि सुनुवाइको पेशी तोकिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरिएको छ।
प्रधानन्यायाधीश जबराले अब वरिष्ठताका आधारमा न्यायाधीश तोकर संवैधानिक इजलास गठन गर्ने बताएका छन्। शुक्रबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा सुनुवाइ सुरु भएपनि इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेको थिएन ।
संसद विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय दीपक कार्की र आनन्द मोहन भट्टराई नबस्ने निर्णय गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय कार्की र भट्टराईमाथि प्रश्न उठेपछि यस्तो निर्णय लिएका हुन्।
संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा कानुन व्यवसायीले प्रश्न उठाएका थिए। तर न्यायाधीश केसी र श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका छन्।
