नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको छ ।्
बैठकको एजेण्डा भने बताइएको छैन ।
पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन्।
यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो।
नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै ठोस प्रगति भइनसकेको बताएको छ।

