काठमाडौं– पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकामा १४ सय ५६ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पटक थप १०१ जनाको कोरोना संक्रमण कै कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेका छन्।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७ हजार २१९ रहेको मन्त्रालयको तथ्याङ्क छ । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना पुगेको छ ।
हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको र संक्रमणमुक्त हुने दर बढेर ८० दशमलव ८ प्रतिशत पुगेको मन्त्रालयको भनाइ छ ।

