– वरिष्ठ सन्चारकर्मी प्रबीण जोशी
भाषिक कालो दिन
काठमाडौँ / डिजिटल प्रणाली मार्फत समसामयिक कार्यक्रम गर्दै आइरहेको नेवा: दे दवुले भर्खरै सरकारको तर्फ बाट आएको ०७८-०७९ को बजेट बारे अन्तरकृयात्मक कार्यक्रम गर्यो । राष्ट्रीय योजना आयोगका पुर्ब सदस्य डा. पुस्पराज राजकर्णिकार प्रमुख वक्ता रहेको कार्यक्रममा उहाँले बजेट माथी टिप्पणी गर्नु भयो ।
यसैगरी जेठ १८ गते भाषिक आन्दोलनकर्ताले कालो दिवस मनाएको शन्दर्भमा पनि एक भर्चुअल कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा नेवा: हक अधिकारको निमित्त अग्रसर आन्दोलन र अभियानको तर्फबाट दबुका अधक्ष्य नरेश तामराकारको स्ंयोजनमा बिभिन्न संघस्ंस्थाको सहभागिता रहेको थियो ।
मंगलबारको कार्यक्रममा जेठ १८ कालो दिन: र आजको भाषिक अवस्थाबारे विभिन्न ब्यक्तित्व हरुबाट बिगतका ऐतिहासिक घटना र अनुभव बारे च्रर्चा गरियो । भाषिका आन्दोलनका प्रवक्ता काठमाडौं महानगर पालिका वडा न २३ का पूर्ब वडाधक्ष्य पबित्र बज्राचार्यले बि. सं.०५५-०५६ सालको अनुभुतिबारे जानकारी दिनु भयो । त्यस्तै बारका अधिबक्ता मुक्ती प्रधान र राष्ट्रीय योजना आयोगका पूर्ब सदस्य पुष्पराज राजकर्णिकार लगाएतले भाषिक आन्दोलनमा खेल्नु पर्ने भूमिका बारेमा आ-आफ्नो बिचार र सुझाब ब्यक्त गर्नु भयो ।
डा. पोख्रेलद्वारा प्रशिक्षण
कोरोना रोकथाम र स्वास्थ्यकर जीबनशैली यो महामारीमा ध्यान पुग्नु पर्ने बिषय हुन् । सरकारको मात्र मुख नाताकी हरेक ब्यक्ती, संघसंस्था तथा बिभिन्न तहले यसबाट बच्ने, रोग बात मुक्ती हुने उपाय सिक्नु उत्तिकै जरुरी बिषय हुन् ।
यिनै कुरालाई मध्य नजर गर्दै अखिल नेपाल कानुन ब्यबसायिक संघ (ANlA) केन्द्रीय समितिले उक्त बिषयमा एक भर्चुअल माध्यम जूम मार्फत सचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो । सोमबार अपरान्हको कार्यक्रम प्रशिक्षक बारीष्ठ योग गुरु हरीप्रसाद पोख्रेल हुनुहुन्थ्यो ।

स्वदेश तथा बिदेशमा कोरोनाको कारण अप्ठेरो परिरहेको यो बिषम स्थितिमा गरिएको यो कार्यक्रम निकै उपायोगी सिद्ध भएको थियो । दैनिक हजारौं सन्क्रमित र सयौं मृत्युको मुखमा पुगिरहेको अवस्था छ । नेपालकै सुबिख्यात आयुर्बेद योग र प्राकृतिक चिकित्सामा बिज्ञ सकारात्मक सोचका स्रोत सामाजिक ब्यक्तित्व डा पोख्रेलले अन्तर्कृयामा शास्वत ज्ञान र अनुभब प्रस्तुत गर्नु भयो । उहाँले हाम्रो परम्परागत प्राकृतिक ज्ञान र बैभबता उपायोगी रहेको बिषय प्रस्तुत गर्नु भयो । वैदिक र सनातनका कतिपय ज्ञानहरु आज पनि त्यत्तिकै महत्व रहेको बारे चर्चा गर्नु भयो । जिबनशैलिकै कारण आज कतिपय समस्याहरु उत्पन्न भैरहेको हुँदा आधुनिकताको नाममा रोग सङ्ग लड्ने क्षमताको कमी हुँदै गएको पनि बिचार ब्यक्त गर्नु भयो । करिब डेढ घण्टा चलेको कार्यक्रममा देश भरीका स्रोताहरु तथा दर्जनौं जिज्ञासुहरुको जिज्ञासामा आफ्नो धारणा सहित जवाफ दिनु भयो ।
जुम प्रबिधी संयोजक प्रभात सुबेदी, संघका अधक्ष्य पदम रोका, र महासचिब लक्षमण पाण्डे आयोजकहरुको तर्फबाट सहजकर्ताको भूमिकामा रहेका थिए ।
स्रस्टाहरुको सम्झना
केही महिना यता बिभिन्न क्षेत्रका स्रस्टा तथा कलाकारहरुको निधन सृङ्खलाबद्ध रुपले भैरहेको छ । ब्याकरणबिद रमापती राजोपाध्यय स्वोर्गे हुनुभयो । माणिकलाल श्रेस्ठ, प्रेम्ध्वज प्रधान, जीबनचन्द्र कोइराला र बिबेकसील पार्टी का सस्थापक अधक्ष्य तथा बिबेकसील साझा पार्टी का नेता उज्वल थापा लगाएत दर्जनौ उज्यालोका शंभाबनाहरुको अस्त भयो । जेठमा बरिष्ठ चलचित्र निर्देशक चेतन कार्की, बरिष्ठ समालोचक राजेन्द्र सुबेदी र बानिरा गिरी जस्ता राष्ट्रका हस्ती हरुले कोरोना कहर संग लड्दै आफ्नो देह त्याग गरे ।
महामारीकै कारण यी ब्यक्तित्वहरुको श्रदान्जली शभा प्रत्यक्ष रुपमा गर्न सम्भब भएन । यसै बिच भर्चुअल माध्यम मार्फत यी स्रष्टाहरुलाई सम्झने काम चाही यदाकदा भैरहेको छ । बुधबार अन्तरास्ट्रीय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित एक कार्यक्रम सम्पन्न भयो । चलचित्र निर्देशक,संगीतकार साहित्क स्रष्टा चेतन कार्की, बरिष्ठ समालोचक राजेन्द्र सुबेदी , नेपाली साहित्यमा पहिलो पि.एच.डी. बरिष्ठ उपन्यासकार डा. बानीरा गिरी माथी केन्द्रीत भर्चुअल माध्यम मार्फतको श्रदान्जली शभा सम्पन्न भयो । हालसम्म २१ हजार दर्शकले हेरिसकेको उक्त कार्यक्रममा क्रमश: चलचित्रकर्मी प्रकाश सायमी, मुरारी सिग्देल, नेत्र एटम, कमल सुबेदि, होमनाथ सुबेदी, खदम बिस्वकर्मा लागायतले श्रदान्जली सहित आ-आफ्ना अनुभुती ब्यक्त गर्नु भएको थियो ।
अनेसासका अधक्ष्य गीता खत्रीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालक गोबर्धन पुजा थिए । कार्यक्रममा प्रस्तुतकर्ताहरुले जिबनी बारे पनि चर्चा गरेका थिए । सम्झ्नाका सर्जकहरु कार्यक्रममा कवी लालिता दोषि, महेश्वर पन्त लगायत ३१ जना रहेको जानकारी प्राप्त भएको छ ।
