संवैधानिक इजलासबाट न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका छन् । सरकारी वकिलहरुले न्याय सम्पादन निष्पक्ष नहुने भन्दै दुई न्यायाधीश हट्नु पर्ने माग गरेका हुन् ।
आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका छन् ।
यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।

