सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील क्षेत्रमा सहयोग पुर्याउने बोर्डले उद्देश्यले सफलता हासिल गरेको जनाएको छ ।
आईपीओमा लगानीकर्ताको आकर्षण धेरै देखिन्छ । गत असारमा १७ लाख डिम्याट खाता रहेकोमा झण्डै एक वर्षको अवधिका शतप्रतिशत बढेर ३५ लाख डिम्याट खाता पुगेको छ । यस्तै मेरो सेयरको प्रयोगकर्ताहरु पनि तीन गुणाले बढेका छन् । हाल मेरो सेयरका प्रयोगकर्ता २६ लाख पुगिसकेको छ । अहिले एउटै कम्पनीको आईपीओमा १८ लाख बढीले आवेदन दिन थालेका छन् । जबकी गत असारसम्म ७ लाखले मात्र आवेदन दिन्थे ।
यस्तै अनलाइन कारोबारकालागि ६ लाख ६० हजारले युजर आइडी लिएका छन् । औसतमा ६ लाख प्रयोगकर्ता अनलाइन कारोबारमा आवद्ध छन् ।

