-बरीष्ठ संचारकर्मी प्रबीण जोशी
काठमाडौँ: केहिदिन देखी परेकाे अविरल वर्षाकाे कारण मेलम्चीकाे शिरदेखि आएकाे वाढीले धनजनमा व्यापक क्षति पुय्राएकाेछ। सिन्धुपाल्चाेकका ईन्द्रावती र मेलम्ची नदिमा आईरहेकाे भीषण बाढीले वितण्डा मच्चाएकाे छ।
बाढीले सयौं बेपत्ता भएका छन् । याे लेख्दासम्म कतिपयकाे लास भेटिएकाे छ। तिम्बुवेसीमा सञ्चालित ट्राउट माछा फार्म बाढीले पुरै बगाएकाे छ । संचालक व्यवसायी ज्ञानेन्द्र (सानू) कक्षपति समेत साे वितण्डामा परेकाे दु:खद खबर छ। मेलम्ची खानेपानीका कर्मचारी पनि हराईरहेका छन् ।
ईन्द्रावती उद्गमस्थल पाँचपाेखरी बगाङदेखि आएकाे बाढीले तिपेनी बजार पनि डुवाएकाे छ । यता दुवै नदिकाे संगमस्थल मेलम्ची बजार ,बाहुनीपाटी बजार र आसपासका क्षेत्रका तथा ईन्द्रावती काेरिडाेर पुरै जलमग्न हुँदा कति क्षति पुग्याे आँकलन गर्नै सकेकाे छैन । एउटाको लास सुनकाेशी मुलकाेटमा भेटिएकाे पनि जानकारी भयाे । मेलम्चीबाट ३ वटा लास हेलिकप्टरबाट काठमाडौं ल्याईसकेकाे समाचार छ।
अत: याे अति विपद ,सम्वेदनशील र दु:खद अवस्था हाे। स्थितिलाई गम्भीरतापुर्वक लिइ तुरुन्त उध्दार , राहत र विस्थापित परिवारकाे पुनर्स्थापना र आवश्यक व्यवस्थाकाे लागि सम्वन्धित सवैसंग जाेडदार माँग गर्दछौं !
