-नन्दलाल खरेल
देश वेचेर धनी वन्ने सपना नदेख
युवा निर्यात गरेर समृद्धिको कुरा नगर
ढुङ्गा, गिटी, वालुवा भारतलाई वेचेर सपना नदेख
चुरेको मष्किष्कमा डोजर चलाउने आट नगर
खेर गइरहेको पानी बेच्ने सपना देख
तर नदी नाला कदापी वेच्ने कोशिस नगर
तत्काल रेल र पानी जहाजको सपना नदेख
बरु जलबिद्युत र सडकको विस्तार गर
श्रम र सीपलाई स्वदेशमै लगाउने सपना देख
नारी अस्मिता वेचेर स्वाधीनताको कुरा नगर
दलाल पुँजीवादी अर्थतन्त्रलाई लागु पर्ने सपना नदेख
स्वाधीन अर्थतन्त्रको बाटो भई अघि वढ
प्रतिगमन तर्फ फर्कने कदापी सपना नदेख
बरु अग्रगमनको वाटो तर्फ अघि वढ
सक्छौ पुँजीवादी लोकतन्त्रबाट जनवाद देख
जनवाद हुँदै छिट्टै समाजवाद तर्फ बढ

