केन्द्रीय बैंकले १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने जनाएको छ ।
राष्ट्र बैंकले ट्रेजरी बिल मार्फत १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको जनाएको हो ।
राष्ट्र बैंकले परिपक्व अवधि पूरा भएको सो रकम बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार पुस २ बजे बोलकबोल गर्ने र मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।
बैंकले २८ दिन र १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । । केन्द्रीय बैंकले जारी गर्न लागेको २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी माघ २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०८१ असार ५ गते परिपक्व हुनेछ ।

