कार्य योजनाको मुल्यांकनको आधारमा ५ जनाको नाम सर्ट लिस्ट गरिएको सिफारिस समितिले जनाएको छ।
सर्ट लिस्ट हुनेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुब चन्द्र गौतम, लक्ष्मण पौडेल, र समता पन्त (भट्ट) रहेका छन् । अब यी ५ जनाले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण दिनु पर्ने छ भने त्यसपछि अन्तर्वार्ता हुने छ ।पुस ४ गते बुधबारको लागि प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तोकिएको छ ।

