विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी,मास्टर कार्ड, युनियन पे एवं भिसा स्वीकार गर्ने एक मात्र बैंक हिमालयन बैंकले “भिसा लिडरसीप कन्क्लेभ नेपाल नेपाल २०२३” र एक्सीलेन्स इन कञ्जुमर कार्डस् प्रिपेड-२०२३ पुरस्कार प्राप्त गरेको छ ।
भिसाद्वारा आयोजित एक समारोहकाविच प्रमुख अतिथि डिपुटी गर्भनर बम बहादुर मिश्रा, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्य लगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरिएको थियो ।
बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पिओएस तथा इकर्मस गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ ।
सो अवसरमा बैंकले आफ्ना विशिष्टिकृत सेवामाहरुमा आवद्द भई कार्ड अक्वाएरिंग विजनेस गरिरहनुभएका मर्चेण्ट, शुभेच्छुक एवं ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले डिनर्स डिष्कभर तथा रुपे ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको छ ।
हाल बैंकको २७० वटा एटिएम, ६५०० भन्दा बढी पिओस तथा करिब ८०० इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ

