नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ।
च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि बोल्दै पार्टी सचिव प्रदीप ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताएका हुन्। एमाले बैठकले देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

