प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री देउवाले मोदीसँग टेलिफोनमा कुराकानी भएको ट्वीट गरेर जानकारी दिएका छन्। टेलिफोन कुराकानीमा मोदीले नेपाललाई छिट्टै कोरोनाविरुद्धको खोप आपूर्ति गर्ने आश्वासन दिएको प्रधानमन्त्री देउवाले बताएका छन्।
प्रधानमन्त्री देउवाले आइतबार राति प्रतिनिधिसभामा विश्वासको मत पाए लगत्तै मोदीले ट्वीट गरेर देउवालाई बधाई दिएका थिए। मोदीले नेपाल र भारतबीचका सबै क्षेत्रमा अद्वितीय साझेदारी बृद्धि गर्न र जनताबीचको गहिरो सम्बन्ध सुदृढ गर्न देउवासँग काम गर्न चाहेको बताएका थिए।

