काठमाडौँ: नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भेट गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर युताकाले देउवासँग संवाद गरेका छन्।
उक्त भेटघाटका क्रममा जापानले उपलब्ध गराउने भनेको १६ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन केही दिनमै नेपाल आइपुग्ने जानकारी प्रधानमन्त्रीलाई गराएका छन्।
जापानले कोभ्याक कार्यक्रम अन्तर्गत नेपाललाई कोभिडविरुद्धको एस्ट्राजेनेका खोप १६ लाख डोज दिने घोषणा साताअघि गरेको थियो।
यो खोप भारतीय कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएका नागरिकलाई दिने तयारी सरकारले गरेको छ।
जापानले उपलब्ध गराउने उक्त खोप केही दिनमै आइपुग्ने जानकारी दिँदै देउवाले जापानबाटै थप खोप प्राप्त हुने विश्वास पनि लिएका छन्।


