नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहले बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएका हुन् ।
नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्ययन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।
संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरीकता नपाउँदा आफुहरू राज्यबिहीन हुन पुगेकाले विरोध गर्नुपरेको प्रर्दशनकारीको भनाइ छ ।
नेपालमा जन्मसिद्ध सन्तानको आधारमा नागरिकता नपाउनेको संख्या ६ लाख र आमाको नामबाट नागरिकता नपाउने ५ लाख ८० हजार रहेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् । संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गर्न माग गर्दै काठमाडौँ प्रदर्शन गरिएको छ।
‘नागरिकताविहीन नेपालीहरु’ समूहले दबाबमूलक धर्नासँगै विरोध प्रदर्शन र कोणसभा गरेको हो। उनीहरुले नेपाली भएर पनि आफूहरुलाई राज्यले गैरनागरिक बनाएको भन्दै विरोध जनाएका छन्।
