पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ। देशभर हालसम्म ३३ हजार ४६४ सक्रिय संक्रमित छन्। बुधबार १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्।

