काठमाडौँ, असोज १९ — बाँकेमा दुर्गा मूर्ति विसर्जनको क्रममा उत्पन्न विवादले स्थिति तनाबपूर्ण बन्दा नेपालगञ्जसहितका केही स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
शनिबार साँझ भएको घटना पछि जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज १४, १५, २३, डुडुवा गाउँपालिका–६ र नरैनापुर–५ मा निषेधाज्ञा लागू गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार, धार्मिक सद्भावमा खलल पुग्न नदिन र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको हो।
निषेधाज्ञा लागू गरिएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, जुलुस गर्न, सभा सम्मेलन गर्न, हतियार बोक्न वा उच्छृङ्खल गतिविधि गर्न कडा रोक लगाइएको छ। आदेश उल्लंघन गर्नेलाई कानूनअनुसार कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।