काठमाण्डौ । मधेशवादी दुई दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल एक हुने भएका छन् । आइतबार दुई दल एकीकरण गर्ने निर्णय भएको हो।
दुबै पार्टीका अध्यक्षहरूले पार्टी एकिकरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले औपचारिक रूपमा एकीकरणको निर्णय गरेको हो।
बैठकमा मधेश आन्दोलनका उपलब्धि संस्थागत गर्ने, संघीयता सुदृढ बनाउने र साझा राजनीतिक एजेन्डाका आधारमा अघि बढ्ने सहमति भएको छ।

