चीनबाट एमबिबिएस गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित प्रदर्शन जारी राखेका छन् । उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै विगत केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।
आफूहरुले एमबिबिएस गरेको १८ महिना बितिसक्दा पनि इन्टर्नसीप गर्न नपाएको उनीहरुले बताएका छन् ।
आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले आफूहरुलाई झुलाएको उनीहरुको आरोप छ ।
नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ मा विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसीप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।

