लगानीकर्ताहरूले दोश्रो चरणको आन्दोलन सुरू गर्ने भएका छन् । दोश्रो चरणअन्तर्गत आज २ बजेबाट आमरण अनसन सुरू गरिने भएकाे हाे । आज २ बजेबाट नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा युवा लगानीकर्ता आदित्य शिवाकोटी आमरण अनसन बस्ने कार्यक्रम तय भएका पुँजीबजार सुधार सङ्घर्ष समितीका संयोजक रोहन कार्कीले बताएका छन् ।
उनले भने “२ दिन हामीलाई वार्ताका नाममा झुलाउने काम भयो अब हाम्रा मागहरु पुरा नहुँदासम्म आमरण अनसनको कार्यक्रम चलिरहन्छ ।
यसै समितीले सेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदाै २१ गते, साेमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको थियो ।
मागहरु सम्बोधन नभएकाे हुनाले भदौ २३ गतेदेखि भदाै २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए ।
उनीहरूलाई सेबोन, राष्ट्र बैंक र अर्थमन्त्रालयले वार्ताका लागि पनि बोलाएका थिए । तर वार्ता सकारात्मक नभएपछि उनीहरूले थप दवाव दिनका लागि आमरण अनसन सुरू गरेका हुन् ।

