काठमाडौं: प्रदेश २ सरकारमा संविधानलाई मान्दै आएको कांग्रेस र माओवादी छन् । तर पनि यो सरकारले संविधान दिवस नमनाउने भएको छ ।
संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उनले बताए ।
संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने बताइएको छ।
प्रत्येक वर्षझैं प्रदेशका कर्मचारीले भने यसपटक पनि संविधान दिवसको अवसरमा केही कार्यक्रम गर्ने भएका छन् । संविधान दिवसका दिन आइतबार बिहान जानकी मन्दिर सरसफाइ गर्ने कार्यक्रम छ । सरकारी कार्यालयहरुको सरसफाइ गर्ने कार्यक्रम पनि निर्धारण गरिएको समाचार छ ।
संविधान दिवसको अवसर पारेर तीन दिनसम्म सरकारी कार्यालयहरुमा दीपावली मनाउने कार्यक्रमसमेत तय गरिएको छ। दीपावली मनाउन सर्वसाधारणलाई पनि आह्वान गरिएको जानकारी प्राप्त भएको छ ।

