काठमाडौं,कात्तिक २४ गते । कोभिड–१९ का कारण शैक्षिक सत्र सुरुभएपछि नै बन्द भएका विद्यालयहरु दशैं, तिहार सकिएसँगै खुल्न लागेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने सम्बन्धित पालिकाहरुले तयारी गरिरहेका छन् ।
काठमाडौं उपत्यका तथा अन्य जिल्लाका कतिपय पालिकाहरुले दशैं सकिएसँगै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेका थिए । तर, विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको भनेर आलोचना समेत भएको थियो ।
सरकारले पनि अव विद्यालय खुल्न सक्ने कुरालाई दृष्टिगत गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सबै विद्यालय पुनःसञ्चालन कार्यढाँचा,२०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गरेका छन् ।
