२४ कात्तिक, काठमाडौं । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको छ ।
७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघात सम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजाय सुनाइएको हो ।
सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए । त्यसपछि उनले त्यो रकम नगद, चेक र पे–अर्डरमार्फत दोस्रो खातामा सारेको आरोप छ । यसो गर्नु बंगलादेशको भ्रष्टाचार रोकथाम सम्बन्धी कानून अनुसार दण्डनीय मानिन्छ ।

