काठमाडौं, कात्तिक २५ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि नौवटा इजलास तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले आज पनि सबै खाले मुद्दाको पेशी तोकेका छन् । सर्वोच्चका अनुसार आजका लागि तोकिएको नौ इजलासमा तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास छन् ।
जबराले आज आफ्नो लागि पनि एकल इजलास तोकेका छन् । यता, आन्दोलनरत न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन्।
